ट्रेण्डिङ

होमपेज / समाज

छिन्चुमा ईलाका प्रशासन स्थापनाका लागि पहल गर्छु – प्रजिअ रेग्मी

नेपालगाथा २०७७ असार १९ गते शुक्रबार १३:१९:५२ मा प्रकाशित

सुर्खेत । सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले छिन्चुमा ईलाका प्रशासन कार्यालय स्थापना गर्नका लागि आवश्यक पहल गर्ने बताउनुभएको छ । 
शुक्रबार नगरपालिकाले गरेको स्वागत कार्यक्रममा उहाँले छिन्छु क्षेत्रको प्रशासन, शान्ति सुरक्षालाई अझ मजबुत गराउनका लागि आफ्नो तर्फबाट सबै पहल गर्ने बताउनुभयो । 
कर्णाली प्रदेशको प्रवेशद्धार भएकोले पनि यहाँ सुरक्षा उपस्थित बढाउनुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले भेरीगंगा नगरपालिकाले गरेको निर्णय अनुसार आवश्यक पहल गर्ने बताउनुभयो । 
नगरपालिकाले दुई पटक छिन्चुमा ईलाका प्रशासन कार्यालय स्थापनाका लागि नगर सभामार्फत निर्णय गरी पठाएको विषयलाई आवश्यक निर्णयका लागि सिफारिस भईसकेको समेत जानकारी दिनुभयो । उहाँले बजार अनुगमन, विकास निर्माणल गायतका सम्पूर्ण कार्यमा पारदर्शीताका साथ काम गर्नुपर्ने भन्दै स्थानीय सरकारले धेरै कार्य गर्न सक्ने बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख भुपेन्द्र बहादुर चन्दले नगरपालिकाले गरेका महत्वपूर्ण निर्णय कार्यान्वयका लागि सहयोग गरिदिन समेत आग्रह गर्नुभयो । उहाँले भेरीगंगा ५ बबई क्षेत्र हालसम्म नक्सांकनमा नसमेटिएको भन्दै सो कार्यका लागि समेत आवश्यक सहयोग गरिदिन आग्रह गर्नुभयो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top