ट्रेण्डिङ

होमपेज / समाज

मास्क नलाए २ सय ५० डलर जरिवाना 

नेपालगाथा २०७७ असार १९ गते शुक्रबार ११:३१:२१ मा प्रकाशित

एजेन्सी, काठमाडौँ । अमेरिकाको टेक्सास राज्यमा माक्स नलगाए २ सय ५० डलर जरिवाना तिर्नुपर्ने भएको छ । कोरोना भाइरस महामारीको इपिसेन्टरका रुपमा विकसित भएपछि टेक्सास राज्यका गभर्नरले राज्यमा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने नियम लागू गरेका हुन । 

गभर्नर ग्रेगएबोटले पछिल्लो केही हप्तादेखि राज्यमा संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएपछि सर्वसाधारणलाई सार्वजनिक स्थानमा मास्क अनिवार्य रुपमा लगाउन आदेश दिएको बीबीसीले उल्लेख गरेको छ । 

टेक्सासमा पछिल्ला दिनमा कोरोना भाइरसबाट संक्रमित भएर अस्पताल भर्ना हुनु पर्ने गरी बिरामी पर्नेहरुको संख्या पनि लगातार बढ्दै गएको छ । 

लगातार राज्यको अर्थतन्त्र र व्यवसायलाई प्राथमिकतामा राख्दै आएका गभर्नर एबोटले सबैले मास्क लगाएमा व्यापार व्यवसाय चाँडो खोल्न पाइने बताएका छन् ।

उनले मास्क नलगाउनेलाई २ सय ५० अमेरिकी डलरसम्म जरिवाना तिराइने बताएका छन् । अमेरिकाका ५० राज्य मध्ये टेक्सासमा सबैभन्दा थोरै मात्रै २८ दिन लकडाउन लागू भएको थियो । लकडाउन खुलेपछि संक्रमण तीव्र गतिमा बढेपछि बाध्य भएर फेरि लकडाउनको नियम लागू भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top