ट्रेण्डिङ

होमपेज / समाज

दाङ एक युवतीले गरिन् आत्महत्या

नेपालगाथा २०७७ असार १८ गते बिहीबार १२:५३:०३ मा प्रकाशित

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ की एक युवतीले आत्महत्या गरेकी छन् । वडा नम्बर ५ को रानीजरुवा निवासी अन्दाजी २२–२३ वर्षीया एलिसा गौतमले बिहीबार बिहान १ बजेर २५ मिनेटमा फ्यानमा पासो लगाइ झुण्डिएर आत्महत्या गरेकी इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले बताए ।

सिंहका अनुसार एलिसा माइतीमा एक्लै बस्दै आएकी थिइन् । उनका बुवाआमा भारत बस्छन् । सम्बन्धबिच्छेद गरेकी उनको एक छोरी छन् । छोरी उनको पूर्वपति सँगै बस्छिन् ।

गौतमले फेसबुकमा लाइभबाट आत्महत्या गर्न लागेको जानकारी पाए पछि डिएसपी सिंहले प्रहरी निरीक्षक झलकप्रसाद शर्माको नेतृत्वमा १२ जनाको प्रहरी टोली साइरन बजाउँदै सम्भावित क्षेत्रमा युवती खोज्न पठाए पनि बचाउन सम्भव  नभएको बताए ।

युवतीलाई बचाउन डिएसपी सिंहले युवती बसेको स्थान पत्ता लगाउन प्रहरीको साइबर क्राइम विभागसँग सम्पर्क गरेका थिए । त्यसपछि साइबर क्राइमले उपलब्ध गराएको एक नम्बरमा सम्पर्क गर्दा त्यो नम्बरमा फोन हान्दा एक व्यक्तिले फोन उठाए ।

उनले घटना रानीजरुवा क्षेत्र भएको बताएपछि बल्ल त्यहाँ प्रहरी पुग्न सफल भएको उनको भनाई छ । प्रहरी पुग्दा युवतीले आत्महत्या गरिसकेकी थिइन् । आत्महत्याको कारण भने खुलिनसेकेको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top