ट्रेण्डिङ

होमपेज / समाज

दैलेखमा २ लाख ४१ हजार घुससहित ४ जना अख्तियारको नियन्त्रणमा 

नेपालगाथा २०७७ असार १७ गते बुधबार १६:४७:२९ मा प्रकाशित

सुर्खेत । दैलेखमा २ लाख ४१ हजार १६ रुपैयाँ घुससहित ४ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । उनीहरुलाई बुधबार अख्तियारको कार्यालय सुर्खेतको टोलीले नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्र सुन्दर मल्ल, सव–इन्जिनियर विरेन्द्र चन्द, रन्जित श्रेष्ठ र सुरपभाइजर लक्ष्मी पाण्डे रहेका छन् । 

भगवतीमाई गाउँपालिका वडा नं ३ सानटडा खोला तटवन्धन निर्माण कार्य सम्पन्न भए पश्चात भुक्तानीमा सहजीकरण गरि दिने मल्ल र चन्दले सेवाग्राहीसँग घुस मागेको उजुरी अख्तियारको सुर्खेत कार्यालयमा परेको थियो । 

जसको आधारमा अख्तियारको टोलीले मल्ललाई कार्यालय परिसरबाट र चन्दलाई फिल्डबाटै नियन्त्रणमा लिएर खानतलासी गर्दा मल्लको आवासबाट दुई लाख ४१ हजार सोह्र रुपैयाँ बरामद भएको अख्तियार प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए । 

उनीहरुसँगै घुस माग्ने कार्यमा संलग्नता देखिएकाले  श्रेष्ठ र पाण्डे समेतलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top