ट्रेण्डिङ

होमपेज / समाज

पत्रकारिता अध्ययनका लागि छात्रवृत्ति दरखास्त आह्वान

मप विश्वविद्यालयद्वारा स्नातकोत्तर तहमा अध्ययनरत पाँच जना विद्यार्थीलाई छात्रवृत्ति

नेपालगाथा २०७७ असार १७ गते बुधबार १३:१५:५१ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पत्रकारिता र आमसञ्चारमा स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि दरखास्त दिन आह्वान गरेको छ । विश्वविद्यालयले मंगलबार एक सुचना निकाल्दै विद्यार्थीहरुलाई दरखास्त दिन आग्रह गरेको हो । 

मध्यपश्चिमाञ्चल विश्वविद्यालय र कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबीच सम्झौता भए बमोजिम मानविकी र सामाजिकशास्त्र संकाय,  केन्द्रीय क्याम्पस अन्तर्गत पत्रकारिता र आमसञ्चार विषयमा स्नातकोत्तर तहमा अध्ययनरत पाँच जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताइएको छ ।  

सुचना जारी गर्दै शिक्षण समितिका अध्यक्ष युवराज शर्माले पत्रकारिता र आमसञ्चार,  निर्देशिका–२०७७ ले तोकेको मापदण्ड पुरा गरी यही असार २४ गतेभित्र दरखास्त दिन आग्रह गर्नु भएको छ । 
सूचना

प्रतिक्रिया

सम्बन्धित खवर

Top