ट्रेण्डिङ

होमपेज / समाज

पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि

नेपालगाथा २०७७ असार १७ गते बुधबार ०९:१४:५५ मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  जस अनुसार पेट्रोलको मूल्य ५ रुपैयाँ र डिजेलको मूल्य २ रुपैयाँ बढेको निगमले जानकारी दिएको छ । निगमले मंगलबार राति १२ बजे देखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाइएको बताएको छ । 

यो सँगै पर्सा (वीरगञ्ज) लगायत तराईका जिल्लामा पेट्रोलको मूल्य बुधबारबाट ९९ दशमलव ५ रुपैयाँ र डिजेलको मूल्य ८५ दशमलव ५ रुपैयाँ पुग्ने बताइएको छ । काठमाडौं उपत्यकामा भने थप डेढ रुपैयाँ पर्ने निगमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रेश विज्ञप्ति

प्रतिक्रिया

सम्बन्धित खवर

Top