होमपेज / समाज
काठमाडौँ । कतारबाट १ सय ५४ जना नेपाली स्वदेश फिर्ता भएका छन् । कतारको दोहाबाट पहिलो चरणको सातौं उडानमार्फ आज (बुधबार) १ सय ५४ जना नेपालीहरू स्वदेश फर्किएका हुन् ।
नेपाली राजदूतावास दोहा कतारले दिएको जानकारी अनुसार पहिलो चरणको सातौँ उडान मार्फत ६ जना महिला सहित १ सय ४८ जना पुरुष लिएर हिमालय एयरलाइन्सको जहाज स्वदेश फर्किएको हो ।
कतारको समय अनुसार बिहान २ बजेर १४ मिनेटमा प्रस्थान गरेको जहाज नेपालमा नेपाली समय अनुसार विहान ९ बजे अवतरण हुनेछ ।
कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सको एच नाइन ५६३२ को उडानबाट प्राथमिकतामा परेका र स्वदेश फर्कनै पर्ने नेपालीहरुलाई स्वदेश लगिएको थियो । उनीहरुलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्नका लागि दूतावासका प्रतिनिधिहरु पुगेका थिए ।