होमपेज / समाज
सुुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र भेरी अस्पताल नेपालगञ्जबाट गरिएको परिक्षणमा थप १६ जनामा कोरोना देखिएको हो ।
जसमा रुकुम पश्चिमका ८ जना, दैलेखका ३ जना, डोल्पा र कालिकोटका २÷२ जना र बाँकेका एक जनामा कोरोना देखिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यो संगै कर्णालीमा कुल संक्रमितको संख्या १४ सय ४३ पुगेको छ ।
७१ जना डिस्चार्ज
मंगलबार (आज)मात्रै कर्णालीका ७१ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् ।
स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर तिवारीका अनुसार दैलेखको महाबु आइसोलेसनबाट ५६ जना, प्रदेश अस्पताल सुर्खेतबाट ९ जना, मैरवी आइसोलेसन दैलेखबाट ५ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एक जना गरी ७१ जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन ।
यो संगै कर्णालीमा कर्णालीमा कुल डिस्चार्ज हुनेको संख्या १ हजार ७२ पुगेको छ ।
