होमपेज / समाज
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कुल कुरोना संक्रमित मध्ये ६ प्रतिशत समुदायस्तरमा र ९४ प्रतिशत विदेशबाट आएकाहरुमा देखिएको बताएका छन् ।
मंगलबार नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले सहयोग गरेको स्वास्थ्य सामग्री बुझ्दै मन्त्री ढकालले अहिले सम्म देशमा संक्रमण भएका १३ हजार संक्रमितमध्ये ९४ प्रतिशत विदेशबाट आएका र ६ प्रतिशत समुदायस्तरमा संक्रमण फेला परेको जानकारी दिएका हुन ।
उनले कोरोना संक्रमण नियन्त्रयणकै स्थितिमा रहेको दाबी गर्दै उनले दैनिक १० हजार जनाको पिसिआर विधिबाट परीक्षण गर्ने तयारी रहेको भइरहेको समेत जानकारी दिए ।
उनले असार १५ गतेबाटै १० हजार जनाको पिसिआर परीक्षण गर्ने प्रतिवद्धता गरेका थिए । उनले देशभर ३३ वटा प्रयोगशाला पु¥याएर दैनिक १० हजार जनाको परीक्षण गरिने जनाए ।