ट्रेण्डिङ

होमपेज / समाज

प्रदेश ५ मा ४७ प्रतिशत रोपाइँ सम्पन्न

नेपालगाथा २०७७ असार १६ गते मंगलबार ११:५१:१५ मा प्रकाशित

बुटवल । प्रदेश नम्बर ५ मा ४७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले असार १५ गतेसम्म ४७.०५ प्रतिशत धान रोपाइँ भएको जानकारी दिएको छ । 

कृषि विकास निर्देशनालयका सूचना अधिकारी भीमनाथ शर्माका अनुसार प्रदेश ५ का १२ जिल्लामध्ये प्युठानमा सबैभन्दा बढी ९६.१३ प्रतिशत र गुल्मीमा सबैभन्दा कम १९.६८ प्रतिशत रोपाइँ भएको छ । 

नवलपरासी पश्चिममा ८४.०६ प्रतिशत, रुकुम पुर्वमा ७३.०५ प्रतिशत, रोल्पामा ५८.६३ प्रतिशत रोपाइँ भएको छ । यस्तै रुपन्देहीमा ५६.२९ प्रतिशत, बर्दियामा ५४.८२ प्रतिशत, कपिलवस्तुमा ४० प्रतिशत, बाँकेमा ३७.९६ प्रतिशत, अर्घाखाँचीमा २७.९२ प्रतिशत, दाङमा २६.७६ प्रतिशत र पाल्पामा २१.९१ प्रतिशत रोपाइँ भएको सूचना अधिकारी शर्माले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top