होमपेज / समाज
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेका कारण मंगलबार देशका धेरै स्थानमा हल्का देखि भारी बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाले जारी गरेको मंगलबारको मौसम पूर्वानुमानमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनसुनी वायु (पश्चिम–दक्षिण–पश्चिम दिशाबाट बहेको) तथा अन्य प्रदेशहरुमा मनसुनी वायु (पूर्वी दिशाबाट बहेको) को प्रभाव रहेको छ भने यसका साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको बताइएको छ ।
यसैगरी, महाशाखाले हाल देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा भइरहेको समेत जानकारी दिएको छ । यस्तै, महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार मंगलबार दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
भने, प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, राति देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।