ट्रेण्डिङ

होमपेज / समाज

एक किलो सलह मार्नेलाई १ सय 

नेपालगाथा २०७७ असार १५ गते सोमबार १७:५५:५८ मा प्रकाशित

स्याङ्जा । भारत हुँदै आएको सलह किरा स्याङ्जामा पुगे संगै किसानहरु चिन्तित बनेका छन् । जिल्लाको कालीगण्डकी गाउँपालिकामा यो किरा धेरै संख्यामा देखिए संगै गाउँपालिकाले सलह मार्नेलाई प्रतिकिलो रु १ सय दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो ।

अध्यक्ष थापाले किसानले लगाएको अन्नबाली जोगाउन यस्तो निर्णय गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सलह छिट्टै नियन्त्रण गर्न नसके यसले अन्नबाली सखाप पारेर खाद्यान्नको समस्या हुनसक्ने भएकाले किसानलाई जागरुक बनाउन सलह मार्ने किसानलाई पैसा दिने निर्णय गरेका हौँ ।’

साँझ गाउँपालिकाको आलमदेवी, बाँसटारी, गुरुङ्दी, सटुका, खोरबारी, छापलगायतका ठाँउमा सलह देखिएको गाउँपालिकाले जनाएको छ । स्थानीय बासिन्दाले खेती जोगाउनका लागि आगो बाल्नुका साथै थाल ठटाएर सलह धपाइरहेको स्थानीय विष्णु न्यौपानेले बताउनुभयो ।

यसै गरी हरिनास गाउँपालिकाको चित्रेमा पनि सलह देखिएको गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top