होमपेज / समाज
काठमाडौं । सलह किरा कैलालीमा पनि देखिएको छ । जिल्लाको बर्दगोरीया गाउँपालिकामा सलह किरा देखिएको हो । प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माले कैलालीमा सलह आएको जानकारी आएको बताए । ‘हामीलाई खबर आएको छ । केही त स्थानीयले पनि मारे’ उनले भने । प्रदेश सरकारले आइतबार सलह मारे प्रतिकिलो २५ रुपैयाँ दिने निर्णय गरेको थियो ।
स्थानीय रामप्रसाद कठरियाले खेतमा मल छर्न जाँदा सलह किरा देखेको बताए । बर्दगोरीया गाउँपालिका कृषि शाखाका कृषि प्राविधिक राम प्रसाद देवकोटाले वडा नम्बर ६ बाट सलह देखिएको भन्दै किसानले फोन गरेको बताए । उनले त्यहाँ पुगेपछि विस्तृत थाहा हुने बताए ।