ट्रेण्डिङ

होमपेज / समाज

कर्णालीका ४५ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज

नेपालगाथा २०७७ असार १५ गते सोमबार १७:२८:४४ मा प्रकाशित

सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशका थप ४५ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । कर्णालीको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले आज डिस्चार्ज भए संगै डिस्चार्ज हुनेको संख्या १ हजार १ पुगेको जानकारी दिएको छ । 

सोमबार डिस्चार्ज हुनेहरुमा दैलेख अस्पताल र नारायण आइसोलेसनबाट एक महिलासिहत १७ जना, सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट आइसोलेसनबाट १४ जना, प्रदेश अस्पताल सुर्खेतबाट ६ जना, दैलेखको गुराँस गाउँपालिकाको आइसोलेसनबाछ ६ जना र सुर्खेतको लेकबेसीको आइसोलेसनबाट २ जना पुरुष डिस्चार्ज भएको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिए । 

एक जना संक्रमित थपिए
सोमबार कर्णाली प्रदेशका थप १ जना कोरोना संक्रमण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको परीक्षणमा रुकुम पश्चिमका एकजना युवकमा कोरोना पुष्टि भएको डाक्टर तिवारीले जानकारी दिए ।

यो संगै कर्णालीमा हाल सम्म कुल संक्रमितको संख्या १४ सय २७ पुगेको छ । त्यसमध्ये ६ जनाको मृत्यु भएको छ  भने हाल ४ सय २० जना उपचाररच रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top