ट्रेण्डिङ

होमपेज / समाज

महाकाली राजमार्ग अवरुद्ध 

नेपालगाथा २०७७ असार १५ गते सोमबार १४:४८:२३ मा प्रकाशित

बैतडी । गोकुलेश्वर– दार्चुला सडकखण्डको पनेबाँजमा पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । सडक भत्किए पछि सवारी साधन आवतजावतमा समस्या भएको छ ।

पहिरोले करिब ५० मिटर सडकमा क्षति पुग्नुका साथै सडकको ग्याबिन वाल पनि भत्किएको प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताए । सडक खुलाउन जेसीबीले सम्भव नभएपछि गोकुलेश्वरबाट स्काइभेटर मगाइएको छ ।

सडक बेलुकासम्म खुल्न सक्ने प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top