होमपेज / समाज
अर्घाखाँची । जंगली च्याउ खाँदा अर्घाखाँचीका ५ जना बिरामी परेका छन् । बिरामी पर्नेमा बर्ष ३४ का गणपति चौधरी उनकी श्रीमती बर्ष ३२ की एलिसा चौधरी सहित परिवारका सदस्यहरु बर्ष ३५ की पार्वती चौधरी, बर्ष ९ का गगन चौधरी, दाङ घर भइ त्यहाँ काम गरि बस्ने बर्ष ४५ का राजु चौधरी विरामी भएका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।
उनीहरु जिल्लाको सन्धिखर्कमा नगरपालिका २ घोचेखोलामा एकै घरमा बस्ने ५ रहेको प्रहरीको भनाई छ । उनीहरुको सन्धिखर्कमा नै उपचार भईरहेको प्रहरीको भनाई छ ।