ट्रेण्डिङ

होमपेज / समाज

वीरेन्द्रनगरमा धान दिवस मनाइयो

नेपालगाथा २०७७ असार १५ गते सोमबार १४:२२:१५ मा प्रकाशित

सुर्खेत । १७औं धान दिनव वीरेन्द्रनगरमा पनि मनाइएको छ । ‘धान उत्पादन बृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने मुल नाराका साथ वडा नम्बर ९ मा मनाइएको हो । 

सोमबार वडा कार्यालयको जब्दी भन्ने स्थानमा वडाले १ विघाह जग्गा भाडामा लिएर आज धान दिवसको अवसर पारेर खेती कार्यक्रम समेत शुरु गरेको छ । 
दिवसको अवसरमा वडा नम्बर ९ का वडा अध्यक्ष सुरेश मानन्धरले कोरोना भाइरसको महामारीले रोग र भोकले सताएको अवस्थामा कृषक दाजुभाइलाई हौसला प्रदान गर्नका लागि उक्त कार्यक्रमको शुरुवात गरेको बताउनुभयो ।

‘हामीले अहिले महिला तथा यूवाहरुको समूह बनाएर १ विघाह जग्गा भाडामा लिएर सामूहिक खेती कार्यक्रम शुरु गरेका छौ । उहाँले भन्नुभयो । ‘यस्मा सम्पूर्ण वडाबासी राजनैतिक दलहरुलाई सहयोग गर्न अनुरोध गर्दछु ।’ 

९ नं. वडामा रहेका टोल विकास संस्थाका अध्यक्षहरु, वडा सदस्य टिका विक, समाजसेवी एकदेव गिरी एवं कृषक थिरबहादुर कार्की लगाएतको सहभागिमा दिवस मनाइएको हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top