ट्रेण्डिङ

होमपेज / समाज

जमिन बाँझो नराखी खाद्य उत्पादनमा वृद्धि गर्न कृषि मन्त्रीको आग्रह 

नेपालगाथा २०७७ असार १५ गते सोमबार १२:१२:३८ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सरकारका प्रवक्ता एव भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्री विमला केसीले जमिन बाँझो नराखी खाद्य उत्पादन वृद्धि गर्ने अभियानमा लाग्न आह्वान गर्नुभएको छ । 

सोमबार १७औं राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै कर्णालीबासीलाई रोग र भोक विरुद्ध साझा ढंगले लड्न सक्ने गर्जा पैदा होस् भन्ने कामना व्यक्त गर्नु भएको छ । 

किसानका लागी यो समय भनेको मानो रोपेर मुरी फलाउने समय भएकोले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमणबाट सुरक्षित रही, सामाजिक दुरी कायम गर्दै धान दिवस तथा रोपाई महोत्सवमा सहभागी हुन अपिल समेत गर्नुभएको छ । 

‘नेपाल सरकारको निर्णय बमोजिम बढिमा २५ जना सम्म मात्र भेला भएर १७ औ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउने, यदि २५ जना भन्दा बढि भएमा न्युनतम सामाजिक दुरी (६ फिट) कायम हुने गरि स –साना उपसमुहमा रहेर रोपाइ महोत्सव मनाउन अपिल गर्दछु ।’ शुभकामना सन्देशमा भनिएको छ ।

‘कोभिड १९ रोगको जोखिम अवस्थामा समेत कृषि कर्मलाई नियमित नराखे निकट भविश्यमा खाद्य तथा पोषण असुरक्षाको अवस्था आउन सक्ने सम्भावना भएकोले कृषि सम्बन्धी सम्पुर्ण गतिविधिहरु आवश्यक सतर्कता अपनाई नियमित गर्न आवश्यक रहेको छ ।’ सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top