ट्रेण्डिङ

होमपेज / समाज

कोरोनासँग नथाकेरै लडौं – मुख्यमन्त्री शाही

नेपालगाथा २०७७ असार १५ गते सोमबार ११:५२:३९ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनासँगको लडाई नसकिएकाले नथाकेरै लड्न सम्पूर्ण स्वास्थ्यकर्मी कर्मीचारी तथा अन्य निकायलाई आग्रह गर्नुभएको छ । सोमवार मुख्यमन्त्री शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठकलाई सम्वोधन गर्दै कोरोना विरुद्धको लडाईमा अन्तिमसम्म पनि उत्साहपुर्वक तरिकाले उत्रनुपर्ने धारणा राख्नुभएको हो । 

भारतबाट प्रदेश भित्रिने चाप घट्दो क्रममा रहेको बताउँदै उहाँले अब समुदाय स्तरमा केन्द्रीत हुनुपर्ने बताउनुभयो । कोरोनाको अति प्रभाव देखिएका ३ जिल्लामा समुदायस्तरमा पनि कोरोनाको संक्रमण पुगेको हुनसक्ने वताउदै मुख्यमन्त्री शाहीले रोकथाम र नियन्त्रणका लागि परिक्षणमा जोड दिनुभयो । 

सुर्खेत, दैलेख र सल्यानमा लकडाउनलाई अझै पनि प्रभावकारी वनाउनुपर्ने वताउदै मुख्यमन्त्री शाहीले सुरक्षा मापदण्डलाई कडाई पूर्वक कार्यान्वयन गराउन सुरक्षा प्रमुखहरुलाई निर्देशन गर्नुभयो । 

मुख्यमन्त्री शाहीले परिक्षणमा निकै ढीलासुस्ती भएको वताउदै परिक्षण कार्यलाई तिव्र वनाउनुपर्नेमा जोड दिनुभयो । परिक्षणको लागि नमुना संकलन गरेको १ महिनासम्म पनि रिपोर्ट नआउदा नागरिकमा आक्रोश वढेको वताउदै मुख्यमन्त्री शाहीले कारण देखाएर पन्छिन नमिल्ने वताउनुभयो । 

प्रदेश अस्पतालमा रहेको पिसिआर मेशिनको मर्मतको व्यवस्था तत्काल गर्न निर्देशन गर्दै मुख्यमन्त्री शाहीले मेशिन विग्रियो भनेर वस्ने होईन विकल्पको खोजी गर्नुपर्नेमा जोड गर्नुभयो । 

मुख्यमन्त्री शाहीले भारतवाट आउनेहरुको संख्या घटदै गएकोले जिल्ला स्तरवाटै व्यवस्थापन गर्न सकिने वताउदै क्वारेन्टाईनलाई अव जिल्ला स्तरमा केन्द्रीत गर्नुपर्ने बताउनुभयो । उहाँले क्वारेन्टाईनका लागि प्रयोग भएका स्थानीय स्तरका विद्यालय तथा सार्वजनिक संस्थाका भवनहरु खाली गर्नुपर्ने वताउनुभयो । 

जिल्ला विपद् व्यवस्थापन केन्द्रको सिफारिशमा कोरोनाको प्रभाव नदेखिएका क्षेत्रमा लकडाउनलाई खुकुलो बनाउदै लगिने उहाँले बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top