ट्रेण्डिङ

होमपेज / समाज

‘राष्ट्रिय धान दिवस’ को अवसरमा प्रदेश प्रमुख कलौनीद्वारा शुभकामना सन्देश

नयाँ पुस्तालाई व्यावसायिक कृषिप्रति आकर्षित हुँदै आत्मनिर्भर बन्न थप प्रेरणा मिलास् भन्ने शुभकामना

नेपालगाथा २०७७ असार १५ गते सोमबार ११:१८:०४ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीद्वारा राष्ट्रिय धान दिवस अर्थात असार १५ को अवसरमा सम्पूर्ण देशबासीका साथै कर्णाली प्रदेशबासी कृषक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । 

राष्ट्रिय धान दिवसको अवसरमा सोमबार शुभकामना सन्देश प्रकाशित गर्दै प्रदेश प्रमुख कलौनीले हिलो अनि हरियालीका साथ आउने असार महिनाको सबैलाई शुभकामना दिनुभएको हो ।

‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको रूपमा समेत असार महिनालाई चिनिएको बताउदै प्रदेश प्रमुख कलौनीले यो दिनलाई व्यस्तताका बीच थकाइ मारिने पर्वका रूपमा समेत लिने गरेकाले हर्षोउल्लासका साथ रोपाइँ जात्रा, हिलो खेल्ने, दही चिउरा खाने जस्ता परम्परामा समेत रमाउन सकिने उल्लेख गर्नुभएको छ । 


पानी र हिलोको कुनै प्रवाह नगरी धान रोप्दै गाइने गीतका सुरिला भाकाले मानिसहरू बीच आपसी भाइचारा, आत्मियता र निकटतम सम्बन्ध समेत बढाउने गरेकाले सांस्कृतिक दृष्टिकोणले सामाजिक सहिष्णुतामा थप बलियो बनाउने विश्वास लिएको छु, प्रदेश प्रमुखद्वारा व्यक्त शुभकामना सन्देशमा भनिएको छ । 

कृषिप्रधान देश नेपालले कृषिमा आत्मनिर्भर बन्न र मुलुकको अर्थतन्त्रलाई सुदृढ गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा परिपूर्ति गर्न कृषिमा आधुनिकीकरण गर्दै निर्वाहमुखी कृषिको स्थानमा व्यावसायिक कृषि उत्पादन गर्ने तर्फ ध्यान दिनुपर्ने आजको आवश्यकता भएको उल्लेख गर्दै प्रदेश प्रमुख कलौनीले कोभिड–१९ को महामारीका कारण आन्तरिक र वैदेशिक रोजगारीहरू अप्रत्यासित रूपमा गुमिरहेको वर्तमान अवस्थामा यो दिवसले नयाँ पुस्तालाई व्यावसायिक कृषिप्रति आकर्षित हुँदै आत्मनिर्भर बन्न थप प्रेरणा मिलास् भन्ने शुभकामना समेत व्यक्त गर्नुभएको छ । 

शुभकामना सन्देश

प्रतिक्रिया

सम्बन्धित खवर

Top