ट्रेण्डिङ

होमपेज / समाज

दाङमा पनि पुग्यो सलह

नेपालगाथा २०७७ असार १५ गते सोमबार ०८:२३:२२ मा प्रकाशित

दाङ । सलह किरा दाङमा पनि पुगेको छ । भारत हुँदै नेपाल प्रवेश गरेका सलह किरा दाङको तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेमा फेला परेको हो ।
कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले खाद्रेमा सानो झुण्डमा सलह किरा देखा परेको र त्यसले बालीनालीमा क्षति नपुर्याएको बताए ।

स्थानीयले अस्वाभाविक रुपमा फट्याङ्ग्राहरु उडेको देखेपछि केहीलाई समातेर राखेका थिए । ती फट्याङ्ग्राका फोटा कृषि ज्ञान केन्द्र दाङको टोलीले नेपाल कषि अनुसन्धान परिषद (नार्क)मा पठाएको र नार्कले सलह किरा नै भएको पुष्टि गरेको धितालले बताए । 

तराई मधेसका जिल्लामा शनिबार दिउँसो एक्कासी देखा परेका सलहका बथान एकै दिनमा भित्री मधेश र पहाडी जिल्लाहरुमा फैलिइसकेको छ । कृषि मन्त्रालयले भने नेपालमा प्रवेश गरेका सलहको बथान सानो भएकाले यसले खासै क्षति नपुर्याउने भन्दै नआत्तिन किसानहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top