ट्रेण्डिङ

होमपेज / समाज

सुदूरपश्चिममा झण्डै ५० प्रतिशत रोपाई सम्पन्न

नेपालगाथा २०७७ असार १४ गते आइतबार १८:०१:०७ मा प्रकाशित

धनगढी । सुदूरपश्चिममा झण्डै ५० प्रतिशत रोपाई सम्पन्न भएको छ । प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार शनिबारसम्म झण्डै ५० प्रतिशत रोपाई सम्पन्न भएको हो । 

१७ औं राष्ट्रिय धान दिवसको पुर्वसन्ध्यामा मन्त्रलयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता खगेन्द्रप्रसाद शर्माले ४९ प्रतिशत भन्दा बढी रोपाई सम्पन्न भएको बताए । यस वर्ष नियमित वर्षा भएका कारण छिटो रोपाई सुरु भएको उनले बताए । ‘यसरी नै पानी परे धान उत्पादनमा समेत बृद्धि हुन्छ’, उनले भने । 

यस्तै धान उत्पादनमा बृद्धि, आत्मनिर्भरता र सम्बृद्धि भन्ने नाराका साथ यस वर्षको धान दिवस मनाइने मन्त्रालयले जनाएको छ । तर कोरोना भाइरसको कहरका कारण विगतका वर्षहरुको जस्तो यस वर्ष भने औपचारिक कार्यक्रमको आयोजना नगर्ने बताइएको छ ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top