ट्रेण्डिङ

होमपेज / समाज

कर्णालीमा २२ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज

नेपालगाथा २०७७ असार १४ गते आइतबार १७:५३:४९ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न अस्पतालमा उपचाररत २२ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार पछिल्लो २४ घण्टामा थप २२ जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन ।

जस अन्तर्गत चौकुने आइसोलेसन सेन्टर सुर्खेतबाट १२ जना, प्रदेश अस्पताल सुर्खेतबाट ६ जना, कालिकोट अस्पतालबाट ३ जना र पश्चिम रुकुम चौरजहारी अस्पतालबाट १ जना गरी २२ जना संक्रमित उपचार पछि डिस्चार्ज भएका हुन् ।

त्यो सहित हाल सम्म कर्णाली प्रदेशमा कुल डिस्चार्ज हुनेको संख्या ९ सय ५६ पुगेको छ । अन्यको उपचार भइरहेको छ भने ६ जनाको मृत्यु भएको छ । 

२ जना संक्रमित थपिए  
यस्तै पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप २ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट गरिएको परिक्षणमा रुकुम पश्चिमका १ जना र सल्यानका १ जना गरी २ जनामा संक्रमण देखिएको हो ।

पश्चिम रुकुमको चौरजहारी नगरपालिका ३ का २३ बर्षीया पुरुष र सल्यानको वनगाड कुपिन्डे नगरपालिका ३ का २५ बर्षीया पुरुषमा कोरोना देखिएको हो । यो संगै कर्णालीमा कुल कोरोना संक्रमितको संख्या १४ सय २८ पुगेको छ । 

मन्त्रालयले कर्णाली प्रदेश भन्दा बाहिरका संक्रमितको संख्या सुचीबाट हटाएको छ । व्यवस्थापकीय कामलाई मध्यनजर गर्दै कर्णाली प्रदेश भन्दा बाहिरका १४ जनालाई सुचीबाट हटाएको डाक्टर तिवारीले जानकारी दिए । 

press release

प्रतिक्रिया

सम्बन्धित खवर

Top