होमपेज / समाज
सुर्खेत । एभरेष्ट क्लव, दैलेखले आर्थिक रुपले विपन्न परिवारका विद्यार्थीलाई घरमै पुगेर छात्रवृत्ति वितरण गरेको छ । शैक्षित्र सत्र २०७७ का लागि छनोट भएका बालबालिकाहरुको छात्रवृत्ति रकम विद्यार्थीको घर तथा सम्बन्धीत स्थानीय तहमा पुगेर सामाजिक दुरी कायम गरि वितरण गरिएको हो ।
सेभ द चिल्डेनको आर्थिक सहयोगमा संचालितयुवा सशक्तिकरण बुलगारी परियोजना अन्र्तगत चामुण्डा विन्द्रासैनी नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी तथा गुराँस गाउँपालिका विभिन्न विद्यालयमा अध्ययनरत ३४ जना विद्यार्थीलाई गरी ६० जनालाई छात्रवृत्ति वितरण गरिएको कार्यक्रम संयोजक टेकराज आचार्यले जानकारी दिनुभयो ।
परियोजनाबाट प्रति विद्यार्थी बार्षीक रुपमा १० हजार छात्रबृक्ति दिने गरेकोमा हाललाई पहिलो किस्ता बापत प्रतिविद्यार्थी ४ हजारका दरले कक्षा ८, ९ र १० का विद्यार्थीलाई वितरण गरिएको उहाँको भनाई छ ।
लकडाउनका कारण हरेक क्षेत्र ठप्प रहेको बेलामा विपन्न परिवारमा आर्थिक संकट परेको र खाध्यान्न लगायत अन्य आवश्यक सामाग्रीहरु खरिद गर्न तथा घरमै स्व–अध्ययन गर्न प्रोत्साहानका लागि घरमै पुगेर नगद छात्रवृत्ति वितरण गर्ने संस्थाको निर्णय अनुसार वितरण गरिएको संस्थाका अध्यक्ष दिपककुमार शाहीले बताउनुभयो ।
साथै उहाँले परियोजनाले विगत ५ वर्ष देखि नियमित रुपमा कक्षा ८, ९ र १० मा अध्ययन गर्ने बालबालिकाहरुलाई छात्रवृत्ति वितरण तथा विद्यालयमा विद्यार्थी नियमितताको लागि विभिन्न कार्यक्रमहरु गदै आएको बताउनुभयो ।
समस्यामा परेका बालवालिकालाई बिद्यालयमा नियमितताका लागि घरमै पुगि सहयोग प्रदान गरेकोमा परियोजनालाई धन्यवाद व्यक्त गर्दै चामुण्डा बिन्द्रासैनी नगरपालिकाका नगरप्रमुख सुर्यबहादुर शाहीले सकारात्मक कामका लागि सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।