ट्रेण्डिङ

होमपेज / समाज

पोखरा र लमजुङमा पनि सलह किरा देखियो

नेपालगाथा २०७७ असार १४ गते आइतबार १६:१२:५४ मा प्रकाशित

पोखरा । पोखरा र लमजुङमा पनि सलह किरा देखिएको छ । कास्की पोखराको महतगौंडा र लमजुङको सुन्दरबजारमा आइतबार पनि सलह किरा देखिएको हो । 

बिहान कास्कीको महतगौंडा र लमजुङको सुन्दर बजारमा सलह देखिएको गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ ।

महतगौंडाका किसानले सलह देखिएको भन्दै बिहान ७ बजेतिरै पोखरा महानगरपालिकामा जानकारी गराएका थिए । ‘स्थानीयले नै बिहान फोन गरेर सलह देखिएको र आफूहरूले समाएको बताए पछि कार्यालयमै लिएर आउन भनेको थिएँ,’ पोखरा महानगरपालिकाका कृषि विकास महाशाखा प्रमुख मनोहरि कडरियाले भने, ‘कार्यालयले हेर्दा सलह नै भएको पुष्टि भयो । हामी स्थलगत अध्ययनका लागि जाँदैछौं ।’

लमजुङको सुन्दरबजारमा पनि सलह देखिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वागवानी विकास अधिकृत अर्जुनदेव ज्ञवालीले जानकारी दिए । ‘अहिले ८(१० वटाको समूहमा मात्र देखिएको हो । यति सानो समूहले ठूलो असर गर्न सक्दैन,’ ज्ञवालीले भने, ‘हावाको गति र पानीका थोपाका कारण छुटिएर सानो सलहको संख्या यता आएको हुन सक्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top