ट्रेण्डिङ

होमपेज / समाज

नेपाल आएको सलहको बथान सानो छ, नआत्तिनुस् – कृषि मन्त्रालय

नेपालगाथा २०७७ असार १४ गते आइतबार १४:५२:५२ मा प्रकाशित

काठमाडौं । कृषि मन्त्रालयले नेपालमा आएको सहलको बथान साने भएकाले नआत्तिन आग्रह गरेको छ । कृषि मन्त्रालयमा आइतबार विज्ञहरूसँगको छलफलपछि मन्त्रालयले यस्तो बताएको हो ।

छलफल पछि कृषिमन्त्री घनश्याम भुसालले नेपालमा देखिएको सलह किराको बथान सानो रहेको र यसले धेरै क्षति नपु¥याएको भन्दै किसानहरूलाई नआत्तिन आग्रह गरेका छन् । 

नेपाल प्रवेश गरेका सलह, सलह पुगेको जिल्ला, त्यसले पु¥याएको क्षति, ती सलहको सम्भावित यात्रा लगायतका विषयमा विस्तृत विवरण मन्त्रालयले आइतबारै पत्रकार सम्मेलन गरेर जानकारी दिने मन्त्री भुसालले बताए ।

यस्तै सरकारले भारतमा सलह किराको ठूलो बथान सक्रिय भएकाले त्यसको गतिविधिमा निगरानी गर्न राष्ट्र संघ र भारतीय अधिकारीहरूसँग समन्वय समेत गर्ने भएको छ । 

विज्ञहरूले भारतको राजस्थानबाट सलह किराको अझै ठूलो मुभमेन्ट हुने देखिएको जानकारी गराएका थिए । विज्ञहरूको भनाइ सुनिसकेपछि मन्त्री भुसालले सलहको सो बथान नेपाल आउँछ कि आउँदैन भनेर भारतको कृषि मन्त्रालयका अधिकारीहरू र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका अधिकारीहरूसँग समन्वय गरेर ट्र्याकिङ गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top