ट्रेण्डिङ

होमपेज / समाज

मदन भण्डारीको ६९औं जन्म जयन्तीको अवसरमा सुर्खेतमा रक्तदान 

नेपालगाथा २०७७ असार १४ गते आइतबार १४:२०:४९ मा प्रकाशित

सुर्खेत । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ६९ औँ जन्मजयन्तीको अवसरमा वीरेन्द्रनगरमा रक्तदान कार्यक्रम गरिएको छ ।  आइतबार नेपाल कम्यूनिष्ट पार्टी नेकपाको कार्यालयमा एक कार्यक्रमका बिच रक्तदान कार्यक्रम गरिएको हो ।

मदन भण्डारी फाउन्डेसन सुर्खेतद्वारा आयोजित रक्तदान कार्यक्रममा नेकपा केन्द्रीय सदस्यहरु नरबहादुर बिष्ट, झकबहादुर मल्ल, निरज आचार्य लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा नेकपाका जिल्ला सचिव कृष्ण जिसी, नगर कमिटी अध्यक्ष गंगाराम तिमिल्सीना सहित १९ जना नेता कार्यकर्ताले रक्तदान गरेको फाउन्डेसनका कार्यबाहक अध्यक्ष टेकेन्द्र बस्नेतले जानकारी दिनुभयो । 

कार्यक्रममा सहभागी केन्द्रीय सदस्य, जिल्ला तथा प्रदेशका नेता कार्यकर्ताह्ररुले मदन भण्डारीको बिचारलाई आत्मसाथ गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

मदन भण्डारीले ल्याएका कुराहरु कम्युनिष्ट आन्दोलनका महत्वपूर्ण कुराहरु भएको भन्दै उनीहरुले त्यसलाई सकारात्मक रुपमा अघि बढाउनुपर्नेमा जोड दिएको नगर कमिटी अध्यक्ष गंगाराम तिमिल्सीनाले जानकारी दिनुभयो ।

गाग्रेतालमा वृक्षारोपण
जन नेता मदन भण्डारीकाे जन्म जयन्तीको अवसरमा वीरेन्द्रनगर ११ गाग्रेतालमा वृक्षारोपण समेत गरिएको छ । अम्बिकेश्वरी सामुदायिक वनमा मदन भण्डारी फाउन्डेसनका प्रदेश सचिव कुलमणी देवकोटा सहितको टोलीले करिव २ सय वटा विरुवा रोपिएको फाउन्डेसनका कार्यवाहक अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

वर, पिपल लगायतका विभिन्न प्रजातिका विरुवाहरु रोपेको उहाँको भनाई थियो । साथै उहाँले सोही अवसरमा साँझ ७ बजे वीरेन्द्रचोकमा दीप प्रज्वलन समेत गरिने जानकारी दिनुभयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top