होमपेज / समाज
काठमाडौं । मनसुनी वायुको प्रभावका कारण देशका धेरै स्थानहरुमा बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मौसम पूर्वानुमान महाशाखाको आइतबारको पूर्वानुमान अनुसार देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश ५का एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । राति पनि देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाले नदि तटिए क्षेत्र तथा पहिरोको जोखिम क्षेत्रहरुमा सचेतना अपनाउन अनुरोध गरेको छ ।