होमपेज / समाज
एजेन्सी, काठमाडौँ । विश्वभर कोरोना संक्रमतिको संख्या एक करोड नाघेको छ । वोर्ल्डोमिटरको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ७३ हजार ८ सय १४ पुगेको हो ।
यस्तै मृत्यु हुनेको संख्या पनि ५ लाख नाघेको छ । तथ्याङ्क अनुसार ५ लाख ६ सय ८ पुगेका हो । कोरोनाबाट सबै भन्दा बढी अमेरिकामा २५ लाख ९६ हजार ३ सय ६४ जना संक्रमित भएका छन् भने अमेरिकामा एक लाख २८ हजार १ सय ५२ जनाको मृत्यु भएको छ ।
अमेरिकापछि सबैभन्दा बढी ब्राजिल प्रभावित भएको छ । ब्राजिलमा अहिले सम्म १३ लाख १५ हजार ९ सय ४१ जना संक्रमित भएका छन् भने ५७ हजार १ सय ३ को मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा ७ लाख १५ हजार ९०५ जना ठिक भएका छन् । रसियामा अहिले सम्म ६ लाख २७ हजार ६ सय ४६ जना संक्रमित भएका छन् भने ८ हजार ९ सय ६९ जनाको मृत्यु भएको छ ।
रसियामा अहिलेसम्म ३ लाख ९३ हजार ३ सय ५२ जना ठिक भएका छन् । भारतमा ५ लाख २९ हजार ५ सय ७७ जना संक्रमित भएका छन् भने १६ हजार १ सय ३ जनाको मृत्यु भएको छ ।
त्यस्तै भारतमा ३ लाख १० हजार १ सय ४६ जना ठिक भएका छन् । त्यस्तै विश्वभर कोरोनाबाट ठिक हुनेको संख्या ५४ लाख ५१ हजार ९ सय ८४ रहेको छ ।