होमपेज / समाज
काठमाडौं । कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षिय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएसंगै नेपालमा कोरोना भाइसर (कोभिड—१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षिय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
फोक्सोको क्यान्सरका विरामी उनी भारतमा उपचार गराउँदै आएका थिए । केही समय अघि चितवनको चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका तीन पुरुषमा असार ११ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । आइसोलेसनमा उपचारकै क्रममा उनको शनिबार बिहान मृत्यु भएको हो ।