होमपेज / समाज
सुर्खेत । शनिबार कर्णाली प्रदेशका थप ७ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा सुर्खेतमा ७ जनामा कोरोना देखिएको हो । जुन पञ्चपुरी नगरपालिका ६, ८ र ९ नम्बर वडाका रहेका छन् । यो संगै कर्णालीमा संक्रमितको संख्या १४ सय ४० पुगेको छ ।
यस्तै शनिबार नै २ सय १४ जना उपचार पछि डिस्चार्ज भएका छन् । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार शनिबार दैलेखमा २ सय ५ जना, सुर्खेतका ८ जना र रुकुम पश्चिमका १ जना उपचार पछि डिस्चार्ज भएका हुन । यो संगै कर्णालीमा उपचार पछि डिस्चार्ज हुनेको संख्या ९ सय ३४ पुगेको डाक्टर तिवारीले जानकारी दिए ।
press release