होमपेज / समाज
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्व गौतमका अनुसार शनिबार थपिनेमा १ सय २० जना महिला र ४ सय ३४ जना पुरुष रहेका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १२ हजार तीन सय ९ पुगेको छ । यस्तै शनिबार नै ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
प्रवक्ता गौतमका अनुसार रसुवा जिल्लामा पछिलो पटक कोरोना संक्रमित देखिएका छन् । यस्तै शनिबार नै १ सय ३६ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको कुल संख्या दुई हजार ८ सय ३७ पुगेको गौतमको भनाई छ ।