होमपेज / समाज
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका स्थगित परीक्षा अझै केही समय नहुने भएको छन् । कोरोना भाइरसको कारणले लकडाउनका कारण विश्वविद्यालयका विभिन्न तहका परीक्षाहरु रोकिएको थियो । ति परीक्षाहरु कोरोना नियन्त्रण भएर जनजीवन सामान्य बनेपछि लिने विश्वविद्यालयले जनाएको छ ।
पछिल्लो समय कोरोना संक्रमितको संख्या निरन्तर बढीरहेको अवस्थामा अहिलै परीक्षा लिने अवस्था हुन नसक्ने स्थिति रहेको छ । वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीहरुको लिखित परीक्षाबाहेक मूल्यांकनको विकल्प विश्व विद्यालयसँग छैन ।
त्यस्तै, सेमेस्टर प्रणालीको परीक्षालाई कसरी अगाडी बढाउने भन्ने विषयमा नयाँ अभ्यास भएकाले अझै केही समय अन्योल हुने देखिएको छ । जसले गर्दा स्नातक र स्नातकोत्तरका लाखौँ विद्यार्थीहरुको शैक्षिक वर्ष नै खेर जाने अवस्थामा पुग्न सक्छ ।
विश्वविद्यालयले त्यस्ता विद्याँर्थीका लागि तत्काल कुनै विकल्प नभएकोले यस्तो स्थिति सृजना हुनसक्ने तर्फ चिन्ता व्यक्त गरेको छ । विश्वविद्यालयले कोरोना संक्रमण नियन्त्रण भएर सामान्य जीवनयापन हुन थालेपछि परीक्षा हुने जनाएको छ ।
वार्षिक प्रणाली अन्तर्गत तत्काल लिखित परीक्षाबाहेक अन्य विकल्प नसोचिएकोले गर्दा केही महिना अघि परीक्षा नहुने बताइएको छ ।
भने सेमेस्टर प्रणाली विद्यार्थीहरुलाई अनलाइन कक्षा एवम अन्य मूल्यांकनको आधारमा अर्काे सेमेस्टरमा चढाइ पठनपाठन गराउनेबारे गृहकार्य भइरहेको विश्वविद्यालयले जानकारी दिएको छ ।