होमपेज / समाज
बुटवल । शनिबार दिउँसो रूपन्देहीको बुटवलमा पनि सलह किरा देखिएको हो । बुटवलको गोलपार्क, सुख्खानगर, शिवनगर क्षेत्रमा सलह देखिएपछि स्थानीयले कीट विज्ञ र नार्कका वैज्ञानिकलाई खबर गरेका थिए । उक्त टोलीले निरीक्षण गर्दा सलह नै रहेको पुष्टि गरेको हो ।
पक्लिहवा कृषि क्याम्पसका उपप्रध्यापक तथा कीटविज्ञ दीपक खनालले स्थानीयले सलह आएको जानाकारी गराएपछि स्थलगत निरीक्षणका क्रममा लागि सलह कीरा नै रहेको पुष्टि भएको जानकारी दिए ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वैज्ञानिक नारायण खत्रीले सलह नेपालमा भित्रिएको बताउँदै यसले यो मौसममा कम आक्रमण गर्न सक्ने बताए । ‘वन क्षेत्रमा समूह नै आएको देखियो । यसले हामीलाई थ्रेड दिएको छ’ उनले भने, ‘अब उच्च सतर्कताका साथ नियन्त्रणमा लाग्नुपर्ने देखिन्छ ।’
प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख याम नारायण देवकोटाका अनुसार किसानहरूबाट सलह कीरा भेटिएको कुरा आएको र यस विषयमा अनुसन्धान जारिरहेको बताए ।