ट्रेण्डिङ

होमपेज / समाज

कर्णालीको बजारमा ‘कर्णाली जल’ 

नेपालगाथा २०७७ असार १३ गते शनिबार १५:२०:५८ मा प्रकाशित

सुर्खेत । शुद्ध पानी प्रशोधित उद्योग ‘कर्णाली जल’ आज (शनिबार)बाट बजारमा आएको छ । शनिबार बिहान वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ३ नर्यामार्ग टोलमा रहेको उद्योगको सुरुवातसँगै पानी बजारमा गएको हो । 

कर्णाली प्रदेशका विभिन्न क्षेत्रहरुमा शुद्ध प्रशोधित पानी पु¥याउने उद्देश्यका साथ करिब ४५ लाखको लगानीमा ‘कर्णाली जल’ पानी उद्योगको सुरुवात गरिएको सञ्चालक इन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । 

लकडाउनका कारण केही समय ढिलोगरी सुरु गरिएको भन्दै सञ्चालक खड्काले उहाँले वीरेन्द्रनगरमा अन्य पानी प्रशोधित उद्योगभन्दा केही फरक रहेको र सोही अनुसार सञ्चालन गरिने बताउनुभयो । ‘हाम्रो यो उद्योग वीरेन्द्रनगरका अन्य उद्योग भन्दा फरक छ । सोही अनुसार सञ्चालन हुन्छ ।’ उहाँले भन्नुभयो, ‘हामी ग्राहकको माग अनुसार गर्मीमा चिसो पानी र जाडोको दिनमा तातो पानी उपलब्ध गराउँछौँ ।

फरक रंगको जारमा पानी
बजारमा अब सधै देखिने निलो रंगको पानीको जार भन्दा फरक रंगको पानीको जार देख्न पाइने छ । यो रंगले नै ‘कर्णाली जल’ को पहिचान छुट्टै बनाउने छ । अन्य पानीको तुलनामा उपभोक्तालाई आफ्नो पानीको पहिचान फरक देखाउनका लागि पनि जारको रंग फरक बनाइएको सञ्चालक खड्काले नेपालगाथालाई बताउनुभयो । 

पानी परीक्षणका सबै प्रक्रिया पूरा गरेर पानी सञ्चालनमा ल्याएको भन्दै सञ्चालक खड्काले उद्योगमा ४, ५ जनाले रोगगारी समेत पाएको बताउनुभयो । ‘हाम्रो आफ्नै ल्याब तथा आफ्नै वासिङ मेसिन छ । हामी स्थानीयको माग अनुसार गुणस्तरीय पानी घरघरमा पु¥याउने छौँ ।’

हाल सालै वीरेन्द्रनगर बजारमा स्थानीय बजारको मुल्य अनुसार बिक्री गर्ने भन्दै उहाँले ग्राहकको माग अनुसार कर्णाली प्रदेशका सबै क्षेत्रमा पु¥याउने बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top