ट्रेण्डिङ

होमपेज / समाज

सलह किरा नेपाल भित्रियो

नेपालगाथा २०७७ असार १३ गते शनिबार १५:१४:३६ मा प्रकाशित

काठमाडौं । सलह किरा नेपालमा भित्रिएको छ । अफ्रिकाबाट खाडी मुलुक इरान र पाकिस्तान हुँदै भारत प्रवेश गरेको सलह किरा नेपाल भित्रिएको हो । सलह फट्याङ्ग्रा तराईका विभिन्न सीमाबाट नेपाल प्रवेश गरेको कृषि तथा पशुपन्छि विकास मन्त्रालयले जनाएको छ ।

भैरहवा, पर्साको पर्सागढी गाउँपालिका, बाराको डुमरवाना र सर्लाहीको नवलपुरमा अहिलेसम्म यो किरा देखापरेको मन्त्रालय अन्तर्गतको प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईले बताएका छन् ।

केन्द्रले अहिले कृषि ज्ञान केन्द्रका विज्ञ कर्मचारीलाई खटाएर उच्च गुणस्तरको क्यामेराबाट यो फट्याङग्राको टाउको, पेट, एन्टीना, आकार–प्रकारको फोटा खिचेर कर्मचारीलाई पठाउन निर्देशन दिएको छ ।

यो फट्याङग्रा नेपालमा छिरेपछि केन्द्रले दिउँसो उच्चस्तरीय कार्यदलको बैठक समेत डाकेको छ । यसअघि गत जेठ २४ गते सरकारले नेपालमा तत्कालका लागि यो फट्याङग्रा नछिर्ने दावी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top