होमपेज / समाज
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शनिबार पनि देशभरका अधिकांश भूभागमा मौसम बदली भइ बर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र यसका साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको जनाएको छ । यसै गरी, प्रदेश १ , प्रदेश २, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ ।
यस्तै, शनिबार राति देशको सबै प्रदेशहरुमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यता, प्रदेश १ प्रदेश २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका र प्रदेश ५का थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख गरिएको छ ।