ट्रेण्डिङ

होमपेज / समाज

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना 

नेपालगाथा २०७७ असार १३ गते शनिबार ०८:३४:२४ मा प्रकाशित

पोखरा । गण्डकी प्रदेशमा शनिबार बिहान थप ३२ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा बाग्लुङ, स्याङ्जा र नवलपरासी (बर्दघाट सुस्ता पूर्वका व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।

यो सँगै गण्डकी प्रदेशका कुल संक्रमिको संख्या ८ सय ३८ पुगेको छ । बाग्लुङको ढोरपाटन नगरपालिकाका एक पुरुष र काठेखोला गाउँपालिकाका सात पुरुषमा संक्रमण देखिएको हो ।

यस्तै, स्याङ्जाको पुतलीबजार नगरपालिकाका एक पुरुष, विरुवा गाउँपालिकाका एक पुरुष र अर्जुन चौपारी गाउँपालिका १२ महिलो बालकसहित १३ पुरुष र ६ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, वालिङ नगरपालिकाका एक पुरुषमा पनि संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्वको हुप्सेकोट गाउँपालिकाका दुई पुरुषमा संक्रमण देखिएको हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top