होमपेज / समाज
सुर्खेत । हाल सम्म कर्णाली प्रदेशका कुल संक्रमित १४ सय ३३ मध्ये ७ सय २० जना उपचार पछि डिस्चार्ज भएका छन् । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार हाल शुक्रबार मात्र २८ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् भने २६ जना नयाँ संक्रमित थपिएका छन् ।
यो संगै डिस्चार्ज हुनेको संख्या ७ सय २० पुगेको हो । शुक्रबार डिस्चार्ज हुनेहरुमा दैलेख अस्पतालको आइसोलेसन सेन्टरबाट ९ जना, सुर्खेतको सिम्ता आइसोलेसन सेन्टरबाट १ जना, चिङ्गाड गाउँपालिकाको आइसोलेसन सुर्खेतबाट ११ जना, मेहलकुना अस्पताल सुर्खेतबाट ७ जना गरी २८ जना उपचार पछि डिस्चार्ज भएका हुन । हाल सम्म कुल संक्रमित मध्य ६ जनाकाे ज्यान गएकाे मन्त्रालयले जानकारी दिएकाे छ ।
प्रेस विज्ञप्ति
