ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको शारदा नगरपालिकाका ३ जनामा कोरोना 

नेपालगाथा २०७७ असार १२ गते शुक्रबार १५:०२:१७ मा प्रकाशित

हिमाल शर्मा, सल्यान । सल्यानको शारदा नगरपालिकामा ३ जनामा कोरोना पोजेटिभ भेटिएका छन् । शारदा नगरपालिकाको वडा नम्बर ९ मा दुइ जना वडा नम्बर १२ मा एक जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

सम्बन्धित वडाको क्वारेन्टाइनमा बसी रहेको संक्रमितहरुलाइ सदरमुकाममा रहेको आइशोलेशनमा ल्याउने तैयारी भइ रहेको अस्पतालका प्रमुख डाक्टर अर्जुन बुढाले जानकारी दिनुभयो ।

यसै बिच सल्यान अस्पतालमा कार्यरत कर्मचारीमध्ये ५१ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालबाट ७६ जनाको स्वाब संकलन गरि सुर्खेत पठाएकोमा ५१ जनाको पीसीर रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । बाँकी रहेका २५ जनाको रिपोर्ट आउन बाँकी छ ।

याे संगै सल्यानमा कोरोना संक्रमितको संख्या १ सय ७६ पुगेको छ । संक्रमित मध्ये १ सय ५० जना उपचार पछि निको भएर घर फर्किसकेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top