ट्रेण्डिङ

होमपेज / समाज

रक्तस्राव भएपछि सुत्केरीको हेलिकप्टरबाट उद्धार

नेपालगाथा २०७७ असार १२ गते शुक्रबार १३:१३:४८ मा प्रकाशित

बागलुङ । अत्यधिक रक्तस्राव हुन थालेपछि सुत्केरीलाई हेलिकप्टर उद्धार गरिएको छ । बागलुङको बरेङ गाउँपालिका–२ बराहकोटकी १९ वर्षीया तिर्सना श्रीसलाई गाउँपालिकाले आज बिहान उद्धार गरेको हो ।

बिहीबार साँझ हुग्दीशिर स्वास्थ्य चौकीमा सुत्केरी भएकी उनीको अत्यधिक रक्तस्राव हुनथालेपछि थप उपचारका लागि प्रादेशिक अस्पताल पोखरा पठाइएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए ।

सुत्केरीको रक्तस्राव नरोकिएपछि थप उपचारका लागि गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा अस्पताल पठाइएको उनले बताए । चिकित्सकका अनुसार नवजात शिशुको अवस्था भने सामान्य रहेको छ ।
रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top