ट्रेण्डिङ

होमपेज / समाज

नगरप्रमुखलाई खुर्सानीको धुलो प्रहार गर्नेलाई कारबाही

नेपालगाथा २०७७ असार १२ गते शुक्रबार १३:०७:३५ मा प्रकाशित

सुर्खेत । मुगुको छायानाथरारा नगरपालिकाका नगरप्रमुखलाई नगरसभामा खुर्सानीको धुरो प्रहार गर्नेलाई कारबाही अघि बढाइएको छ । नगरसभामा खुर्सानीको धुलो प्रहार गरेर बैठक अवरुद्ध गर्न खोजेपछि नगरपालिकाले ४ जना वडाध्यक्ष सहित १० जना नगरसभा सदस्यहरुलाई कारबाही अघि बढाएको हो । 
यस अघि उनीहरुले बुधबार सातौ नगरसभा उद्घाटनका क्रममा नगर प्रमुखमाथी खुर्सानीको धुलो प्रहार गरेको र कुर्सी–टेबुल तोडफोड गरेको थिए । उनीहरुलाई सोहि आरोपमा ७ दिनका लागि निष्कासित गरिएको हो ।

वडा नम्बर १ का वडाध्यक्ष लोकबहादुर हितान, ७ का अध्यक्ष हरिचन्द शाही, १२ का अध्यक्ष सुवासचन्द बुढा र १४ का अध्यक्ष नन्दलाल बडुवाललाई निष्कासन गरिएको नगरप्रमुख हरिजंग शाहीले बताए ।

यस्तै सभा विथोल्न खोज्ने वडा सदस्यहरु बैदेवी बिक, पंचकला रावल, सीमा परियार र वास्मति विकलाई पनि कारबाही गरिएको हो ।

नगरसभा सञ्चालन लागि व्यवस्था गर्न बनेको ऐन–२०७५ को दफा ९ (उपदफा ४) बमोजिम उनीहरुलाई निष्कासन गरिएको नगरप्रमुख शाहीले बताए ।

‘सभाकक्षको शान्ति सुव्यवस्था भंग गरेकाले ७ दिनका लागि निष्कासित गरिएको छ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top