ट्रेण्डिङ

होमपेज / समाज

काभ्रेमा गोली चल्यो 

नेपालगाथा २०७७ असार १२ गते शुक्रबार ०९:०३:२४ मा प्रकाशित

काठमाडौं । काभ्रेमा प्रहरीले गोली चलाएको छ । जिल्लाको रोशी गाउँपालिका–३, सिपालीमा शुक्रबार प्रहरीले गोली चलाएको हो । बोधिचित्त लुटपाट भएको सूचना आएपछि गाउँमा पुगेको प्रहरीको हतियारधारी समूहसँग जम्काभेट भएको थियो ।

त्यसक्रममा गोली चलेको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए ।

उनले भने, ‘बाटोमा बम जस्तो देखिने वस्तु पनि राखेको भनिएको छ । विस्तृत जानकारी आइसकेको छैन ।’

काभ्रेका प्रहरी प्रमुख एसपी रवि पौडेलले घटनामा पाँच जना घाइते भएको बताएका छन् । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । लुटेरा समूहको कुटपिटबाट उनीहरु घाइते भएका हुन । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top