होमपेज / समाज
सुर्खेत । वीरेन्द्रनगर ११ अवस्थित पिपिरा चोक अब ‘देउती बज्यैं चोक’ भएको छ । देउती बज्यैं मन्दिरको प्रचारप्रसारसँगै थप प्रबद्र्धन गर्ने उद्देश्यले साविकको पिपिरा चोकलाई ‘देउती बज्यैं चोक’ नामकरण गरिएको छ ।
बिहीबार वडा नम्बर ११ का अध्यक्ष नन्दलाल शर्मा सहितको टोलीले पिपिरा चोकको नाम अब ‘देउती बज्यै चोक’ नामाकरण गरिएको बोर्ड राख्दै चोकको नाम परिवर्तन गरेको हो ।
‘देउती बज्यैं टोल विकास संस्थाको निर्णयमा वडा नं ११, वडा कार्यालयको सिफारिस र वीनपाको आर्थिक वर्ष २०७४÷०७५ को निर्णय अनुसार बिहीबार पिपिरा चोकको नामाकरण गरिएको वडा अध्यक्ष शर्माको भनाई छ ।
वडाअध्यक्ष शर्माले देउती बज्यैं चोकसँगै मन्दिरको विकासका लागि हर सम्भव प्रयास गरिने प्रतिबद्धता जनाएका छन् । साथै उनले देउती बज्यै मन्दिरको विकासलागि आ–आफ्नो स्तरबाट हातेमालो गर्न सर्वसाधारणलाई आग्रह समेत गरेका छन् ।