ट्रेण्डिङ

होमपेज / समाज

नेकपा स्थायी कमिटी बैठक बस्दै

नेपालगाथा २०७७ असार १२ गते शुक्रबार ०८:३८:१५ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दै छ ।

बिहान ११ बजेदेखि बस्ने बैठकमा मुख्य कार्यसूचीमै अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), सीमा विवाद, नागरिकता विधेयक, कोरोना भाइरस रहेकाले बैठकले लिने निर्णय दूरगामी र महत्वपूर्ण हुने अपेक्षा गरिएको हो ।

स्थायी कमिटी बैठकमा प्रस्तुत कार्यसूची कसरी अगाडि बढाउने भन्ने विषयमा बिहीबार प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top