होमपेज / समाज
सुर्खेत । बुधबार बिहान घर नजिकै झुण्डिएर आत्महत्या गरेका दैलेखका एक युवालाई कोरोना भएको पुष्टि भएको छ । दुल्लु नगरपालिका १० का २१ वर्षीय ती युवकको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको नगरपालिकाले जानकारी दिएको छ ।
आत्महत्या गरेपछि ती युवकको शव पोष्टमार्टमका लागि दुल्लु अस्पताल लगिएको थियो । अस्पतालले पीसीआर जाँचको लागिस्वाब संकलन गरी प्रदेश अस्पताल सुर्खेत पठाएको थियो ।
गत जेठ ११ गते भारतबाट दैलेख आइपुगको युवक पञ्चकोसी माध्यामिक विद्यालय गमौडीमा १४ दिन क्वारेन्टिनमा बसेका थिए । यो संगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । जसमा ३ दुल्लु नगरपालिकाका रहेका छन् ।