ट्रेण्डिङ

होमपेज / समाज

सल्यानका ८४ जना कोरोना संक्रमित उचारपछि डिस्चार्ज 

नेपालगाथा २०७७ असार ११ गते बिहीबार १८:२०:१३ मा प्रकाशित

हिमाल शर्मा, सल्यान । सल्यानका ८४ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । जिल्लाको सदरमुकाम खलंगा स्थित सल्यान बहुमुखी क्याम्पसको आइसोलेसनमा रहेका ८४ को कोरोना सङ्क्रमित डिस्चार्ज गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

जसमा ४ जना महिला र ८० जना पुरुष रहेका छ्न जसमा बन्गाड कुपिण्डे नगरपालिकाका १ महिला सहित ५८ जना, बागचौर नगरपालिकाका १ जना महिला सहित ९ जना, त्रिबेणी गाउपालिकाका ५ जना, सिद्ध कुमाख गाउपालिकाका १ जना महिला सहित ३ जना, कुमाख गाउपालिकाका ३ जना, दार्मा गाउपालिकाका ३ जना, कालीमाटी गाउपालिकाका १ जना महिला सहित २ जना र कपुरकोट गाउपालिकाका १ जना रहेका छन् ।

पछिल्लो पटकको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको कार्यालयका कोरोना फोकल प्रसन रिखाराम पुनले जानकारी दिनुभयो । यससँगै सल्यानमा कोरोनालाई जितेर घर फर्किनेको संख्या १ सय ५० पुगेको उहाँको भनाई छ ।

जसमा लुहापिङ आइसोलेसनबाट १ सय २० जना, सल्यान अस्पतालबाट ८ जना, प्रदेश अस्पताल सुर्खेतबाट १३ जना र चौरजहारी मिसन अस्पतालबाट ९ जना गरी १ सय ५० जना घर फर्किएका हुन् ।

जिल्लामा भेटिएका १ सय ७३ कोरोना संक्रमित मध्ये स्वास्थ्यकर्मी सहित २३ जना आइसोलेसनमा रहेका छन् । जसमा लुहापिङ आइसोलेसनमा १२ जना, सल्यान अस्पतालमा ५ जना, बन्गाड आइसोलेसनमा ४ जना र चौरजहारी आइसोलेसनमा २ जना रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top