होमपेज / समाज
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ३४ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार थप ४ सय ३४ जनामा कोरोना देखिएको हो । यो संगै देशभर कुल संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।
३ सय १२ जना डिस्चार्ज
यस्तै बिहीबार नै ३ सय १२ जना डिस्चार्ज भएका छन् । प्रवक्ता गौतमका अनुसार यो संगै डिस्चार्ज हुनेको कुल संख्या २ हजार ६ सय ५० पुगेको छ ।