होमपेज / समाज
सुर्खेत । चौकुने गाउँपालिका सुर्खेतको आठौं गाउँसभाले करिव ४४ करोडका बजेट सार्वजनिक गरको छ । बुधवार देखी सुरु भएको गाउँसभामा गाउँपालिका उपाध्यक्ष निर्मला रानाले आर्थिक वर्ष ०७७÷७८ को लागी ४३ करोड ८० लाख २६ हजार ४ सय ८० बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।
गाउँपालिकाले प्रस्तुत बजेटमा जलविद्युत, सिचाईलाई मुख्य प्रथामिकतामा राखिएको छ । गाउँपालिकाले लघु जल विद्युत र सोलार उर्जाको आयोजनाको सम्भाव्यता अध्ययन गर्ने, सम्भाव्य योजनाहरुमा सोलार प्रविधि जडान गरी गाउँपालिकामा सिचाई र खानेपानी सेवा बिस्तार उल्लेख गरेको छ ।
जलस्रोतको प्रचुर स्रोत भएका ठाउमा लघु हाईड्रो योजनाहरुको सम्भाव्यता अध्ययन गर्ने, यस वर्ष रेवती जलविद्युत आयोजना, टुनीखोला लघु जलविद्युत आयोजना, वसेरीखोला जलविद्युत आयोजना, घोक्रेखोला लघु जलविद्युत आयोजना, सञ्चालन गर्न वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसंगको लागत साझेदारीमा सम्पन्न गरिने योजनाहरु गाउँपालिकाले प्रथामिकतामा राखेको छ ।
यसैगरी गाउँसभाले देशको सिमा रक्षा गर्ने नेपाली सेनालाई समेत एक लाख दिने निर्णय गरेको छ । भने नेपाल भारत सिमानामा तारबार गर्ने पर्सा जिल्लाको ठोरी गाउँपालिकालाई एक लाख आन्तरिक स्रोतबाट दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले जानकारी दिनुभयो ।