ट्रेण्डिङ

होमपेज / समाज

कतारबाट १ सय ५८ नेपाली फर्किए

नेपालगाथा २०७७ असार ११ गते बिहीबार ११:०९:१७ मा प्रकाशित

काठमाडौँ । कतारबाट १ सय ५८ जना नेपाली स्वदेश फर्किएका छन् । कोरोनाभाइरसको महामारीका कारण कतारमा समस्यामा परेका एक सय ५८ जना नेपाली आज –बिहिबार) नेपाल फर्किएका हुन् ।

उनीहरु हिमालयन एयरलाइन्स उडान न एचआईएम–५६३२ मार्फत कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान २ः०७ बजे एक सय ५८ जना स्वदेश फर्किएका हुन् । फर्कनेहरुमा ३ जना गर्भवती, ७ जना सुत्केरी, २ जना नाबालक र १ सय ४६ जना पुरुष रहेका छन् ।

उनीहरुलाई सहजिकरण र बिदाइ गर्न दोहास्थित नेपाली दूतावासका प्रतिनिधि र एनआरएनए कतारका पदाधिकारीहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top